काङ्ग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन

काङ्ग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन

केन्द्रबिन्दु
1.45k
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वसांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ । केही दिनदेखि उनको काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि आज निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।

Skip This
Skip This
Logo