काठमाडौँ । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले आधिकारिक मान्यता प्राप्त गरेको छ । पार्टीका अध्यक्ष साम्पाङले आइतबार निर्वाचन आयोगमा उपस्थित भएर दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।
पार्टीको चुनाव चिन्हमा माटो राखिएको छ । यसमा पाँच जना पदाधिकारी र २८ जना केन्द्रीय सदस्य सामेल छन् । उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ छन् ।
गत असोज १२ गते नै साम्पाङले निर्वाचन आयोगमा दल दर्ताको आवेदन दर्ता गराएका थिए ।





























प्रतिक्रिया