बसाईँ सरे शिक्षामन्त्री पुन

बसाईँ सरे शिक्षामन्त्री पुन

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार सरेका छन् । मन्त्रालयका मुख्य कामहरू सिंहदरबारबाट हुने भएपछि मन्त्री पुन आजदेखि सिंहदरबार सरेको उनको सचिवालयले जनाएको छ ।

“मन्त्रीज्यू आजैदेखि केशरमहलबाट सिंहदरबार सर्नुभएको छ । सिंहरदरबाटै मन्त्रालयका कामहरू हुन्छन् । केही काम केशरमहलबाट पनि हुन्छन्,” सचिवालयका सदस्य सागर ढकालले भने ।

मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । उनी ७ असोजदेखि नै केशरमहलमा बस्दै आएका थिए ।

जेनजी आन्दोलनमा सिंहदरबारभित्र रहेको मन्त्रालयमा आगजनी भएपछि मन्त्रालयको कामकाज केशरमहलबाट हुँदै आएको थियो ।

Skip This
Skip This
Logo