काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकास मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेका छन्।
विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री घिसिङले यो पूर्ण रूपमा असत्य रहेको बताएका हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री घिसिङले भनेका छन्, “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु।”
उनले जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्। तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले आफू निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील रहेको स्पष्ट पारेका छन्।































प्रतिक्रिया