पार्टी एकताबाट लोकतन्त्र बलियो भएको छ -महिन्द्र राय यादव

पार्टी एकताबाट लोकतन्त्र बलियो भएको छ -महिन्द्र राय यादव

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पार्टी एकताबाट लोकतन्त्र बलियो भएको र यसका माध्यमबाट देश र जनताको भविष्य उज्वल बन्ने विश्वा व्यक्त गरेका छन् ।

जेनजी प्रदर्शनपछिको राजनीतिक सङ्क्रमणलाई पार गराउन माओवादी केन्द्रका संयोजक दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वदायी भूमिका रहेको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपाल समाजवादी पार्टीका तर्फबाट अध्यक्ष यादवले यही नेतृत्वले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उल्लेख गरेका हुन् ।

Skip This
Skip This
Logo