नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन

नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आयोगमा दियो निवेदन

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बुधबार मात्रै विभिन्न १० वटा वामपन्थी पार्टीको एकता घोषणा गरेको ‘नेपाली कम्युनिष्ट पार्टी’ले आज आयोगमा दल दर्ताको निवेदन दिएको हो।

नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी–समाजवादी, नेकपा (साम्यवादीलगायतका विभिन्न कम्युनिष्ट तथा समाजवादी समूहहरू एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको हो । सम्मेलनबाट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन् ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

Logo