प्रधानमन्त्रीको आह्वान- देश विकास गर्ने हो भने आजै मतदाता परिचय बनाउनुहोस्

प्रधानमन्त्रीको आह्वान- देश विकास गर्ने हो भने आजै मतदाता परिचय बनाउनुहोस्

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । आगामी निर्वाचनमा नयाँ मतदाताहरूको उत्साहजनक सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री सुशीला कार्कीले सबै योग्य नागरिकलाई तत्काल मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छन् ।

बेथितिसँग लड्न र देश विकास गर्ने एकमात्रै बलियो आधार मताधिकारको सही प्रयोग रहेको उनकाे सन्देश छ।

प्रधानमन्त्री कार्कीले ‘जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन’ सबैभन्दा पहिले मतदाता परिचय पत्र बनाउनुपर्ने र त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्ने वा आफै सही प्रतिनिधि बन्नुपर्नेमा जोड दिएकी छन् ।

‘पहिलो, तपाई-हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन। दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र। जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ-हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ। अथवा, यहाँहरु आफै सही प्रतिनिधि बन्नुपर्छ। विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं। मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं।’ उनले भनेकी छन् ।

Skip This
Skip This
Logo