पूर्वमन्त्री आलमको शव पुर्याइयो रौतहट, मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरिने

पूर्वमन्त्री आलमको शव पुर्याइयो रौतहट, मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरिने

केन्द्रबिन्दु
51
Shares

रौतहट । नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पुर्यारइएको छ ।

काठमाडौंको केएमसी अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि गृह जिल्ला रौतहटको क्षेत्र नं .२ राजपुर फरहदवामा ल्याइएको छ ।

उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघिदेखि अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली काग्रेस रौतहटले जनाएको छ । आलमको पैत्रिक गाउँमा पार्थिव शरीर आइपुगेको छ भने गाउँले शोकमा छन् ।

उनको निधनको खबरसँगै गाउँमा शुभचिन्तकहरुको भिड लागेको छ भने पुरै क्षेत्र शोकमा डुबेको छ । उनको आजै मुस्लिम परम्परा अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले बताएको छ । आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् ।

Logo