शिक्षकहरुलाई मन्त्री पुनको आग्रह- चुनावको प्रचारमा लागेर पढाउन नछोड्नु होला

शिक्षकहरुलाई मन्त्री पुनको आग्रह- चुनावको प्रचारमा लागेर पढाउन नछोड्नु होला

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनले शिक्षक तथा प्राध्यापकहरूलाई आसन्न चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा नलाग्न र पठन पाठनको कार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनले चुनावको बहानामा विद्यालय तथा विश्वविद्यालयहरूको शैक्षिक क्रियाकलापमा बाधा पुर्याउने काम नगर्न सचेत गराएका हुन् ।

मन्त्री पुनले आइतबार एक विज्ञप्ति जारी गर्दै शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघसङ्गठनहरूलाई राजनीतिक दलका भातृ वा शुभेच्छुक संस्थाको रूपमा मान्यता नदिने र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानूनी कारवाही हुने व्यवस्था रहेको स्मरण गराएका थिए । तर त्यसमा विभिन्न टिकाटिप्पणी पनि आज उनले सामाजिक सञ्जालबाटै प्रष्ट पारेका हुन् ।

मन्त्री पुनले भनेका छन्, ‘सिटिइभिटीमा, विद्यालयहरुमा र विश्वविद्यालयहरुमा अनेक किसिमका राजनैतिक हस्तक्षेप र चलखेलले भएको अस्तव्यस्तताका बारेमा विद्यार्थीहरु र अविभावकहरुको हजारौं गुनासो र उजुरी सुनेर सो सुचना प्रकाशित गरिएको हो। त्यस्तो अनावश्यक राजनिति गर्ने र चलखेल गर्ने काम पनि भ्रष्टाचार नै हो। सो सम्बन्धि सर्वोच्च अदालतले जारी गरेको आदेश र ऐन कानुनका धाराहरु पनि हेर्नुहोला। अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने बिनम्र अनुरोध छ।’

Skip This
Skip This
Logo