मधेश प्रदेशमा भएको अ-राजनीति दुःखद छ -महामन्त्री विश्वप्रकाश शर्मा

मधेश प्रदेशमा भएको अ-राजनीति दुःखद छ -महामन्त्री विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेश सरकार गठनप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि महामन्त्री शर्माले भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’

उनले थपेका छन्, ‘संविधानको धारा १६८ (२) को सरकार बन्ने संभावना छँदै मञ्चन भएको प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ ।’

अस्वस्थ भएकाले काठमाडौं जान्छु भन्दै आज बिहान निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन् ।

Skip This
Skip This
Logo