काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल बीच भेटवार्ता भएको छ । मंगलबार प्रचण्ड निवास खुमलटारमा दुई नेता बीच भेटवार्ता भएको हो । गत कात्तिक २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमा प्रधानमन्त्री ओलीमाथि जथाभावी आरोप लगाइएको दाबी गरिएको थियो ।
त्यसैले ओली निकट नेताहरूले उक्त प्रतिवेदन फिर्ता लिनुपर्ने बताउँदै आएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पठाएका हुन् ।































प्रतिक्रिया