काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपती क्षेत्रको संरक्षण र रेखदेखको जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको भएको बताएकी छन् । पशुपती क्षेत्र विकास कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताइन् ।
कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था रहेको भन्दै उनले सोही अनुरुप कोष सञ्चालन हुने बताईन् । आँफु पर्यटनमन्त्री समेत भएको भन्दै उनले पशुपतीको कोषलाई पारदर्शी बनाउन लागिपर्ने समेत बताईन् ।































प्रतिक्रिया