आज भिम रावाल लगायत ठूलो सङ्ख्यामा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन् : प्रचण्ड सचिवालय

आज भिम रावाल लगायत ठूलो सङ्ख्यामा नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनेछन् : प्रचण्ड सचिवालय

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् । काठमाडौँको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा दिउसो २ बजे आयोजित ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन् ।


आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार रहेको बताइएको छ । रावल सँगै ‘मातृभूमि जागरण अभियान, नेपालका हजारौँ अभियान्ताहरु उक्त पार्टीमा समाहित हुने रावल निकट स्रोतले बताएको छ ।

विभिन्न दल तथा ग्रुपहरु परित्याग गरि देश, संविधान, लोकतन्त्र, गणतन्त्र र सुशासनमुखी राष्ट्रिय स्वाधिनताका पक्षधरहरु नेपाली कम्युनिष्ट पार्टीमा ठुलो सङ्ख्यामा प्रवेशको तयारी गरिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

आजको वृहत कार्यक्रम लाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,सह–संयोजक माधवकुमार नेपाल
,मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल लगायतले गर्ने प्रेस सेन्टर नेपालले जनाएको छ ।

Skip This
Skip This
Logo