देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘समृद्धिका लागि कृषि’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा उनले हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने काम भएको भन्दै देशको माटोले दिएको बिउ चिन्न नसकेको कारण बिउ पनि आयात गर्नुपर्ने अवस्थाको सुरुवात भइसकेको बताए ।

उनले भने, ‘हामीले सुरुदेखि नै केही कुरामा ख्याल गरिरहेका छैनौ । नेपाल वातावरणीय हिसाबले विविधता भएको देश हो । तर त्यो कुरा बुझ्न सकेनौ । हामीले हाइब्रिड बिउ जस्तो घातक कुरालाई पनि नेपाल भित्रायौं । हाइब्रिड देशभित्रै उत्पादन गर्न सक्छौ भने राम्रो हो तर हाइब्रिड बिउ उत्पादन भनेको मूल बिउलाई सिध्याउने कुरा हो । त्यसपछि आयात गर्नुपर्ने अवस्था आउँछ जसको सुरुवात अहिले भइसकेको छ । यो सबै माटोले दिएको बिउ चिन्न नसकेको कारणले भएको हो ।’

आफ्नै देशको माटोमा बनेको बिउमाथि विश्वास गर्न सकेनौ भने यसरी बसेर कृषिको कुरा गर्नु बेकारको गफ मात्र भएको उनको भनाई छ । यस्तै, उनले जीवन, समाज, राष्ट्र र मानव सभ्यताको समृद्धि सबैको लागि कृषि अनिवार्य भन्ने कुरा धर्म ग्रन्थहरुले पहिलैदेखि सिकाएको भन्दै सिकेको कुरालाई समयानुकूल चलाउन नसक्नु छलफलको विषय भएको बताए ।

हाइब्रिड बिउ बनाएर विकास गर्ने हो भने आफ्नै बिउलाई विकास गरेर हाइब्रिड बनाउन सकिने पनि उनको भनाई छ ।

Skip This
Skip This
Logo