एमालेको साख जोगाउने महेश बस्नेत

एमालेको साख जोगाउने महेश बस्नेत

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका कारण नेकपा एमाले-नेपाली काँग्रेसको नेतृत्वको सरकार अपदस्थ बन्न पुग्यो । आन्दोलन चर्किएपछि देशमा निजी तथा सार्वजानिक सम्पतीमाथि तोडफोड आगजनीसँगै ७६ जनाको ज्यान गयो । देशले ठूलो क्षती व्यहोर्नुपर्यो । विभिन्न पार्टीका नेताहरुमाथि हमला र पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजानी समेत भयो । त्यसपछि देशको स्थिती नै परिवर्तन हुन पुग्यो । विभिन्न पार्टीहरुमा उथलपुथल ल्याइदियो।

तत्कालिन सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका कारण राजीनामा माग भयो । राजीनामा पनि दिए । त्यसपछि आन्दोलनकारी र अन्य जनसमुदायले ओली र एमालेको चौतर्फी विरोध गरे । एमालेका कतिपय नेताहरु पार्टी र नेतृत्वलाई प्रहार भइरहँदा गुमनाम भएको बेला पार्टी र नीतिको पक्षमा उभिएर साख जोगाउन निरन्तर लागि परे युवा नेता महेश बस्नेत ।

नेपालको समसामयिक राजनीतिक परिस्थितिमा एमाले निरन्तर आलोचना, चुनौती र आन्तरिक दबाबको घेरामा देखिन्छ । यस्तै संवेदनशील समयमै पार्टीभित्र एक नाम बारम्बार चर्चामा आयो—महेश बस्नेत। उनीबारेको धारणा फरक–फरक हुन सक्छ, तर एउटा कुरा निर्विवाद छ—बस्नेत अहिले एमालेभित्र ऊर्जा, आक्रामकता र संगठनात्मक सक्रियताको प्रमुख स्रोत बनेका छन्।

पछिल्लो समयमा उनी कानुनी विवाद, आन्दोलनको तयारी र पार्टीभित्रको नेतृत्व प्रतिस्थापन सम्बन्धी बहसमा केन्द्रमा रहे। सामान्य अवस्थामा यस्ता विवादले नेताको विश्वसनीयता घटाउन सक्छ, तर बस्नेत अझ सक्रिय, अझ दृढ र अझै चर्चित बने। यसले पार्टीका धेरै कार्यकर्ताले “साख जोगाउने” प्रयासको रूपमा व्याख्या गर्न थालेका छन् ।

नेता बस्नेत चौतर्फी आलोचना सहेर पार्टी अध्यक्ष ओली र पार्टीको बचाउमा खरो रुपमा उत्रिएर लागिपरे । बस्नेतको बल संगठन हो। विशेषगरी युवा शक्ति। सडक आन्दोलनदेखि संगठन विस्तारसम्म उनी आफ्नै शैलीमा सक्रिय भए । राजधानीमा ठूलो संख्यामा युवालाई परिचालन गर्ने घोषणा उनीभित्रको राजनीतिक आत्मविश्वासको द्योतक मानिन्छ ।

राजनीतिक निराशा बढिरहेको बेला युवा परिचालन पार्टी पुनरुत्थानको प्रमुख आधार बन्न सक्छ भन्ने सुत्र लगाएर बस्नेतले ऊर्जा, आक्रोश, र प्रतिरोधलाई राजनीतिक पूँजीमा रूपान्तरण गर्ने प्रयासरत रहे । जेन जी आन्दोलन पछि एमालेको ‘सडक शक्ति’ पुनर्जीवित गर्ने मुख्य पात्रमा परिणत भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा बस्नेतले निरन्तर जोड दिइरहे—“केपी शर्मा ओली नै एमालेको पुनः अध्यक्ष हुने।”

उनी यति कडाइका साथ उभिए कि नेतृत्वविहीन प्रतिस्पर्धा बढ्न खोजेको वातावरण स्वतः स्थिर बन्न थाल्यो। यस्तो स्पष्ट र दृढ अभिव्यक्ति सामान्यतया विवादास्पद देखिन सक्छ, तर पार्टी एकता कमजोर भएको अवस्थामा ‘स्पष्टता’ नै संगठनलाई बचाउने उपाय बन्न सक्छ। बस्नेतले यही भूमिका खेले ।ओलीलाई केन्द्रमा राखेर, पार्टीलाई एकताबद्ध बनाउने आवाज बारम्वार बुलन्द गरिरहे ।

एमालेभित्रकाे एकताप्रति बस्नेतले देखाएको प्रतिबद्धताले पार्टी नेतृत्वमा निरन्तरता, स्थिरता र विश्वसनीयताको सन्देश आम नेता कार्यकर्ताहरुलाई दिएको छ। राजनीतिमा बस्नेतको शैली प्रायः आक्रामक मानिन्छ। तर आजको राजनीति, खासगरी सामाजिक मिडिया र द्रुत प्रतिक्रियाको युगमा, यही शैलीले नेता–कार्यकर्ताबीचको दूरी घटाउँछ। सत्तापक्ष र विपक्षी दुवैका गलत कदमहरूलाई उनले जति छिटो र उग्र शैलीमा प्रतिवाद गर्छन्, त्यो एमाले समर्थकमाझ ‘अवाज उठाउने साहस’ को प्रतीकका रूपमा लिन थालिएको छ । पछिल्लो समयमा बस्नेत केवल संगठनको नेता होइन, एमालेको प्रतिरोध र प्रतिक्रियाको सार्वजनिक अनुहार बनेका छन्। महेश बस्नेत विवाददेखि टाढा रहने नेता होइनन्, तर विवादलाई अवसरका रूपमा बदल्न सक्ने नेता अवश्य हुन्।

देशको हरेक स्टेपमा एमाले र ओलीको याद आउन थालेको नेता बस्नेत बताउँछन् । यस्तै बस्नेत सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वको रक्षार्थ खरो रुपमा उत्रिँदै आइरहेका छन् । उनको सक्रियता, ऊर्जा र संगठनमाथिको पकड अहिले एमालेलाई धेरै आवश्यक छ—विशेषतः पार्टीभित्रका विभाजन, नेतृत्वका समस्या र बाह्य दबाब तीव्र रहेका बेला उनी पार्टीलाई एकढिक्का बनाएर मुलुकको पहिलो पार्टी बनाउन कसरत छन् ।

बस्नेतले कानुनी चुनौती, राजनीतिक विवाद र सार्वजनिक आलोचनालाई जित्दै आफ्नो प्रभाव बढाउन सफल भएको एमाले नेताहरु बताउछन् । संगठन सँगै सिँगो पार्टी र नेतृत्वलाई पुनः उठाउन,एमालेको साख जोगाउन उनी सबैभन्दा प्रभावकारी रुपमा अग्रपङ्तिमा रहेर उभिने नेतामा पर्दछन् ।

पार्टीको बैठकमा अध्यक्ष ओलीको राजीनामाको माग भइरहँदा बस्नेत भने ओलीको बचाउमा खरो रुपमा उत्रिने नेतामा पर्छन् । उनले नेतृत्व परिवर्तनको माग गरिरहेका बेला अबको नेतृत्व पनि ओलिकै हुनुपपर्नेमा बस्नेतले जोड दिँदै आइरहेका छन् ।

एमालेको आगामी महाधिवेशनमा केपी शर्मा ओली, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, महेश बस्नेत र रामकुमारी झाँक्रीको टिमले प्रमुख भूमिका खेल्ने चर्चा चर्किएको छ। यस समूहले ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य लगायतका अर्को समूहसँग प्रतिस्पर्धा गर्ने तयारीमा छ। बस्नेत पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन कायम गर्नका लागि यस विषयमा पनि निरन्तर लागिपरेका छन् । पछिल्लो समय बस्नेत सरकारविरुद्ध आन्दोलनकारी भूमिकामा देखिएका छन्। यसलाई एमालेको शक्ति प्रदर्शनको हिस्साको रूपमा लिइएको छ।

जेन जी आन्दोलनपछि बस्नेतले एमालेका कुनै नेतामाथि बयानका नाममा दुःख दिइयो भने एक लाख युवाले सिंहदरबार घेराउ गर्ने चेतावनी दिँदै आएका छन् । उनले कार्की नेतृत्वको सरकार जनताको सरकार नभई विदेशीको इशारामा बनेको आराेप लगाउँदै संसद पुर्नस्थापना र सर्वपक्षीय सरकार गठनको माग समेत गर्दै आइरहेका छन् ।

जेनजी आन्दोलनलाई बस्नेतले आतंककारीको संज्ञा दिएका छन्। गुण्डुमा आयोजित कार्यक्रममा उनले सिंहदरबार जलाउनेहरूलाई आतंककारी भन्दै युवा संघमार्फत कारबाही गर्ने चेतावनी समेत दिएका थिए। उनले बालेनहरूको खेल सफल हुन नदिने भन्दै राष्ट्रियता अपहरणको प्रयास भइरहेको आरोप समेत बस्नेतले लगाउदे आएका छन् ।

कार्की नेतृत्वको वर्तमान जेन जी सरकाले आफूलाई गिरफ्तार गर्न मिडिया ट्रायल गरेको र त्यसको लागि आफू खुलेर प्रतिवाद गर्ने बस्नेतले बताएका छन् ।
जेन जी आन्दोलनमा बस्नेतको घरमा आगजनी भएको थियो। यसपछि उनले फेसबुकमा भावुक पोस्ट लेख्दै आफू र परिवार घरबारविहीन भएको बताएका थिए । ७७ वर्षका बुबा, ७२ वर्षकी आमा र राजनीतिमा चासो नराख्ने श्रीमतीलाई घरभित्रै जलाउने प्रयास जनताको पक्षमा बोलेको सजाय स्वरूप यो भएको दाबी गर्दै आएका छन् ।

Skip This
Skip This
Logo