प्रधानमन्त्रीले भेटिन् आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोष बोहोरा लाई

प्रधानमन्त्रीले भेटिन् आन्दोलनमा दुवै आँखा गुमाएका सन्तोष बोहोरा लाई

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाउनुभएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पुगेर उहाँले घाइते बोहराको उपचारको अवस्थाबारे जानकारी लिनुका साथै परिवारसँग पनि भेटेकी छन् ।

वीरेन्द्रनगर नगरपालिका–२, भुरेली, सुर्खेतका बोहरालाई भदौ २४ गते सुर्खेतमै गोली लागेको थियो। गोली लागेपछि उनले दुवै आँखा गुमाएका छन् ।
घाईते बोहरा बुवा चन्द्रबहादुर बोहोराले छोरा सन्तोषलाई यो अवस्थामा पुर्‍याउनेमाथि कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनलेआफ्नो छोरा जीवनभर काम गर्न नसक्ने भएकाले श्रीमती, चार वर्षीया छोरी र बुवाआमाको सहारा गुमेकोमा चिन्ता व्यक्त गरेका थिए ।

भेटमा प्रधानमन्त्री कार्कीले , ‘तपाईँलाई धेरै दुःख परेको छ, त्यो त मैले बुझिरहेको छु। किनभने हामी पनि आमाबाबु हौँ। सन्तानको माया कस्तो हुन्छ भन्ने मैले पनि महसुस गर्न सक्छु। तर यो समस्या तपाईँको मात्र होइन। उपचारका लागि सम्भव हुन सक्ने जति सबै उपाय लगाऔँला। बच्चाको पढाइ, श्रीमतीको कामको लागि पनि पहल गरौँला। चिन्ता नगर्नुहोस्।’ भनेको आफन्तले जनाएका छन् ।

Skip This
Skip This
Logo