काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले तत्कालिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेता भएकै कारण जेनजी आन्दोलनपछि कसैले कोठा नदिएको खुलासा गरेका छन् ।
मंगलबार केन्द्रबिन्दु टिभीसँगको कुराकानीमा नेता बस्नेतले बताएअनुसार जेनजी आन्दोलनमा ओलीको निजी निवास जलेपछि उनलाई केही दिनसम्म नेपाली सेनाले सुरक्षित राखिएको थियो । सेनाबाट निस्किएर बस्नका लागि बासस्थान खोज्दा उनलाई बानेश्वर आसपासमा नेता भएकै कारण कसैले कोठा नदिएको उनले बताए । त्यसपछि आफ्नो जन्मथलो गुण्डु लगेर राखेको खुलासा गरेका छन् ।
उनले जेन्जी आन्दोलनका कारण देश वर्षाैं पछाडि धकेलिएको समेत बताए । त्यस्तै उनले जेन्जी आन्दोलनमा जानेहरु कसैले पनि न्याय नपाएको उल्लेख गरे ।
थप कुराकानी गर्दै नेता बस्नेतले २०७९ सालमा नै आफू गृहमन्त्री भएको भए आज देशको यो अवस्था नहुने पनि दाबी गरे । उनले नेपालको राजनीतिमा कुलमान घिसिङजस्तो भ्रष्ट व्यक्ति कोहि नरहेको दाबि गर्दै कुलमानले पैसा कमाउने धन्दा बाहेक केही नगरेको आरोप लगाए । उनले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफैं पड्काएको एम्बुसमा आफैं परेकाे पनि बताए ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले हाफ कट्टु चप्पल लगाएर भिआइपी सेवा नलिएको भन्दै आफ्नो बेइज्जत आफैंले गरिरहेको पनि उनले आराेप लगाए ।
(केन्द्रबिन्दु टिभीसँग भएको कुराकानी केहीबेरमा प्रसारण हुने छ ।)































प्रतिक्रिया