हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव हुँदैन : नेतृ झाँक्री

हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव हुँदैन : नेतृ झाँक्री

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले हतियार र कैदीहरु बाहिर रहेको बेला चुनाव नहुने बताएकी छन् । प्रेस चौतारी नेपाल अर्घाखाँचीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै झाँक्रीले यो स्थितिमा चुनाव हुन नसक्ने बताएकी हुन् । उनले भनिन्, ‘खोसिएका बन्दुक, भागेका कैदी, तिनको जिम्मा कसले लिन्छ ? ती सबैलाई थाती राखेर चुनाव गर्ने भन्ने हो भने हामीले के स्टेटमेन्ट दिने हो हामी गरौँला ।’

यस्तै झाँक्रिले नयाँ पुस्तालाई पार्टीमा कसरी जोड्ने र टिकाउने भन्ने कुरा सोच्नु पर्ने बेला आएका भन्दै अहिलेको प्रविधी र सिप सिकेको युवालाई पार्टीमा उचित स्थान दिएर परिचालन गर्नुपनमा जोड दिइन्।

नेकपा एमाले हिजो पनि युवाकै जगमा उभिएको पार्टी भएको र भोली पनि युवाकै जगमा उभिएर अगाडी बढ्ने प्रष्ट पारिन् । ‘हिजो हाइस्कुलको ड्रेसमा गएर पार्टी बनाएको हो नि त, जब ती हुटहुटी भएका मानिसलाई पार्टीमा भर्ती गरिँदैन यो स्थिति त अनिवार्य छ नि, अब तिनीहरूलाई ल्याउने हो, त्यो एमालेले नै ल्याउने हो’, उनले भनिन् ।

कात्तिक २९ गतेको प्रदर्शन मार्फत एमालेले देशैभर आफ्नो शक्ति देखाएको उनले बताइन् । ‘२९ गते सामान्य हिसाबले भन्दा पनि ७७ जिल्लाबाट ५ लाख मानिस निस्किए, त्यो परिवारमा ४ जना छन् भने त्यो २० लाख मान्छेको शक्ति हो’, उनले भनिन् ।

आफू विगतको संसद् पुनस्र्थापनाको रिट निवेदक भएको स्मरण गराउँदै उनले स्थायित्वको लागि प्रतिनिधि सभा पुनस्र्थापना हुनु पर्ने बताइन् । उनले आफू यही एजेण्डा बोकेको कारण हिजो एमाले छाड्नु पर्ने स्थितिमा सम्म पुगेको बताएकी छन् ।

अहिले भदौ २३ र २४ को घटनाको छानबिन गर्ने आयोगले प्रतिशोधपूर्ण व्यवहार सुरु गरेको जानकारी दिइन् । राजनीतिक दलका नेताहरूलाई निर्वाचनमा भाग लिनै नदिने गरी आयोग र सरकार लागेको उनले आरोप लगाइन् ।

नेपालको संविधान ध्वस्त गर्ने, अखण्ड र अक्ष्युण नेपालको इतिहास ध्वस्त गर्ने मानिसहरूको डिजाइन अनुसार भदौ २३ र २४ को घटना भएको उनले बताइन् । उनले प्रतिनिधि सभा पुनस्र्थापना हुनु पर्ने र त्यो अदालतले गर्नेे पनि दाबी गरिन् ।

Skip This
Skip This
Logo