बाराका जेन जी लाई बार्ताका लागि सिडियोको निम्तो

बाराका जेन जी लाई बार्ताका लागि सिडियोको निम्तो

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्तामा आउन आग्रह गरेका छन् । प्रजिअ मिश्रले संवाद र छलफलबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी वार्तामा बोलाएका हुन् ।

संवादबाटै समाधान खोज्नुपर्छ भनेर बाराका सीडीओले टेलिफोनमार्फत बोलाएको उपाध्यायले बताए । धेरै जेन जीहरु घाईते भएको र प्रशासन सम्म पुग्न नसक्ने स्थिती भएकोले आँफुहरु भएको ठाउँ सिडियो लाई आउन आग्रह गरेको उनले बताए।

प्रहरीको लाठीचार्जबाट जेनजीहरु घाइते भएका छन्। उनीहरुले इलाका प्रहरी कार्यालय सिमरामा वार्ता हुनुपर्ने माग राखेका छन् ।

Logo