काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता निरोज पाैडेलले जेनजीका नाममा माओवादी र राप्रपाका युवाहरु सडकमा उत्रिएको बताएका छन् ।
बिहीबार केन्द्रविन्दुसँगको कुराकानीमा उनले घटनाक्रमबारे त्यहाँका स्थानीयसँग बुझ्दा जेनजीको आन्दोलनमा जेनजीको अगुवाई गर्ने राप्रपा र माओवादीका कार्यकर्ता रहेको भन्दै उनीहरुले कार्यक्रम हुन नदिनका लागि यो षडन्त्र गरेका बताएका हुन् । उनले हिजोको घटनालई राज्यले निश्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताए ।
त्यस्तै, उनले जेनजी पुस्तालाई साथ र समर्थन जनाँउदा पनि उनीहरुले दुःख दिन्छन् भने जो कोही भएतापनि यसबारे युवा संघले प्रतिवाद गर्ने पनि बताए । ‘हामीले उनीहरुलाई साथ र समर्थन जनाउँदा जनाउँदै पनि उनीहरुले व्यक्ति अर्थात् हाम्रा नेताहरुलाई दुःख दिन्छन् भने हामी कुनै जेनजी होस् या कुनै अभियान्ता भन्दैनाैं यसबारे युवा संघ प्रतिवाद गर्छ,’उनले भने ।
प्रवक्ता पाैडेलले जेनजीहरुलाई आक्रमण गर्न नगएको भन्दै सम्झाई बुझाई गर्दा पनि उनीहरु आक्रमक रुपमा प्रस्तृत भएको बताए । उनले जेनजीहरु संविधानको खिलाफ जान्छन् भने हिजोको घटना कास्टिङ मात्रै रहेको भन्दै जेनजीहरु आफै अंगभंग हुन चाहन्छन् भने युवासंघ कहिल्यै पछि नहट्ने बताए ।
उनले जेनजीको अराजकका कारण नै देश विनाश भएको पनि उल्लेख गरे ।
‘































प्रतिक्रिया