ओली–प्रचण्डले एक्ला एक्लै वार्ता गरेपछि यसरी ताते नेताहरु (भिडियोमा)

ओली–प्रचण्डले एक्ला एक्लै वार्ता गरेपछि यसरी ताते नेताहरु (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

एमाले र माओवादी केन्द्रबीचको एकतालाई टुंगोमा पुर्याउन बिहिबार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार विहान छलफल गरेपछि पार्टी एकता संयोजन समितिको बैठक विहिबार विहान १० बजेका लागि बोलाइएको हो । पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिनु भयो । उहाँले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने पनि स्पष्ट पार्नु भयो ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकताका लागि आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको बताउनु भयो । उहाँले दुई नेताहरुबीच भएको कार्यप्रगति विवरणबारे छलफल गरेर पार्टी एकता संयोजन समितिले आवश्यक निर्णय लिने पनि उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र दाहालबीच पार्टी एकता गर्न ढिलाई गर्न नहुनेमा सहमति भएको स्रोतले बताएको छ । पार्टी एकतामा ढिलाई हुँदा गलत सन्देश गएको निष्कर्ष निकाल्दै दुवै नेताले पार्टी एकताको मिति समेत तय गर्नेगरी आवश्यक निर्णय लिन भोली एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको पनि स्रोतको दावी छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले २ दिनको समय राखेर पार्टी एकता गर्ने योजना अघि सार्नु भएको थियो । विहिबार मदन भण्डारी स्मृति दिवसको अवसर पारेर पार्टी एकताको मिति घोषणा गर्न सक्ने आकलन गरिएको छ । एमालेले पार्टी एकताको मिति तय गर्ने एजेन्डामा छलफल गर्न बुधबार अपरान्ह पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ ।

Logo