दोलखा एमालेका पुर्व पार्टी सचिव भरत दुलाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

दोलखा एमालेका पुर्व पार्टी सचिव भरत दुलाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखा जिल्ला समितिका पूर्व पार्टी सचिव भरत दुलालले नयाँ गठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। एमालेको राजनीतिका कारण देशमा भ्रष्टाचार मौलाएको भन्दै उनी नेपाली कम्युष्टि पार्टीमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले खादा लगाएर स्वागत गरे ।

दुलाल एमालेको २०७८ को राष्ट्रिय महाधिवेशनमा दोलखाबाट प्रतिनिधि चयनमा सक्रिय भूमिका निर्वाह गर्ने नेताको रूपमा चिनिन्छन्, पार्टी प्रवेशका क्रममा एमाले नेतृत्वको ’अनावश्यक विभेद र स्थानीय स्तरमा कमजोर समन्वय’ लाई प्रमुख कारण उल्लेख गर्दै नयाँ नेकपाको ’समाजवादी दृष्टिकोण र एकताको आह्वान’ तर्फ आकर्षित भएको दुलालले बताए। दुलालले गत भदौमा भएको जेन जी आन्दोलन हुनुका पछाडी तत्कालिन सरकारको ज्याजती र भ्रष्टाचार मुख्य कारण भएको जिकिर गरे ।

Skip This
Skip This
Logo