एमाले महाधिवेशनमा २२ सय प्रतिनिधी सहभागी हुने, खाने बस्ने व्यवस्था आफैंले गर्नुपर्ने !

एमाले महाधिवेशनमा २२ सय प्रतिनिधी सहभागी हुने, खाने बस्ने व्यवस्था आफैंले गर्नुपर्ने !

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । आगामी फागुन २१ को निर्वाचनअघि अहिले हरेक पार्टीका नेता कार्यकर्ताहरु महाधिवेशनमा व्यस्त छन् । निर्वाचनमा नजाने भनेर बसेको नेकपा एमालेले पनि आजै मात्र पार्टी दर्ता गराएको छ । निर्वाचन भन्दाअघि एमालेको पनि महाधिवेशन नजिँकिदै छ ।

एमालेका केन्द्रिय सदस्य माधव ढुंगेलले मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने
११औं महाधिवेशन महाधिवेशनमा २१/२२ सय प्रतिनिधी सहभागी हुनसक्ने बताएका छन् । केन्द्रविन्दुसँगको कुराकानीमा उनले आज रातिसम्ममा कति प्रतिनिधि सहभागी हुनेबारे स्पष्ट रुपमा विवरण आउने बताएका छन् । उनले प्रतिनिधि पनि निर्वाचन क्षेत्रअनुसार हुने बताएका छन् ।

उनका अनुसार ६३ वटा निर्वाचन क्षेत्र, २३ वटा जनसंगठन, ३३ वटा विभाग, ११ वटा प्रदेश कमिटी, ७ वटा प्रदेश, सम्पर्क समन्वय, ९ उपत्यका विशेष कमिटी, १० भारत प्रवास कमिटी, ११ वटा अन्तर्राष्ट्रिय कमिटीबाट निर्वाचन क्षेत्र तय हुनेछ । त्यसपछि केन्द्रीय कमिटी आयोगहरु स्वतः पदेन हुने व्यवस्था रहेको समेत जनाकारी दिए ।

एमालेको सबैभन्दा धेरै निर्वाचन क्षेत्र काठमाडौं जिल्लामा छ । त्यसकारण धेरै महाधिवेशन प्रतिनिधि पनि काठमाडौंमै रहेका छन् । सबैभन्दा कम प्रतिनिधि भने मनाङमा छन् । केन्द्रीय सदस्य ढुंगेलले ४० वर्षमुनिका युवाको आरक्षणबाट आउने २०० प्रतिनिधि रहेता पनि अन्य सर्कुलरबाट आउने संख्याबारे प्रस्ट नभइसकेको प्रष्ट पारे ।

अधिकांश प्रतिनिधिहरु काठमाडौंबाटै भएकाले आफै बस्ने व्यवस्था गर्नपर्नेछ । यदी आवश्यक परेमा त्यसको जिम्मा सम्पर्क समन्वय समितीले हेर्नेछ । उनले प्रतिनिधि छनोटमा पनि सुरुमा पार्टी सदस्यका हिसाबले मतदाता नामावली प्रकाशन हुने र त्यो सुरु भैसकेको बताए ।

केन्द्रीय सदस्य ढुंगेलका अनुसार प्रतिनिधि छनोटका सम्बन्धमा मतदाता नामावली प्रकाशन भएपछि त्यसको दाबी विरोध हुन्छ, त्यसपछि पुनः त्यसको अन्तिम नामावली प्रकाशन हुने, नोमिनेशन हुने, पुनः नोमिनेशन थप वितरण हुने, फर्म भर्ने, प्रारम्भिक नामावली प्रकाशन हुनेछ । उनले अझै स्पष्ट पार्दै प्रारम्भिक नामावली प्रकाशनपछि पार्टीको विरोध हुने र त्यो टुंगिएर फिर्ता लिने प्रक्रिया सुरु हुने र पछि गएर फाइनलमा सहमतिको प्रयास गर्दा नभएपछि अन्तिममा निर्वाचन हुने पनि बताए ।

केन्द्रीय सदस्य ढुंगेलले भने, ‘सहमतिको प्रयास भनेको ११ गतेसम्म मात्र हो । ११ गते साँझ सम्म सहमति भयो भने हुन्छ १२ गते मतपत्रको समूहले आफ्नो तयारी गर्छ र १३ गते एकै साथ जहाँ सहमति हुँदैन त्यहाँ निर्वाचन हुन्छ ।’

महाधिवेशनको शुल्कमा एकरुपता नरहेको भन्दै उनले त्यसलाई मितव्ययिता बनाउनु भनेर आग्रह गरेको पनि जानकारी दिएका छन् । अहिलेसम्म सर्वसम्मत केही नआएको भन्दै बुधबार (भोलि)बाट मात्र सर्वसम्मत हुने संख्या आउन सुरु हुने पनि बताए ।

Logo