विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न देउवालाई तिवारीको ठाडो चुनौती

विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न देउवालाई तिवारीको ठाडो चुनौती

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न युवा नेता शंकर तिवारीले ठाडो चुनौती दिएका छन् । केन्द्रविन्दु टिभि सँगको विशेष अन्र्तवार्तामा उनले देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भएको भए विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चुनौती दिए। रिपोर्टर्स क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा पनि उनेले यही भनेका थिए ।

पार्टी विधानले विशेष अधिवेशनलाई महाधिवेशनमा गणना नगरेकाले छोटो अवधिका लागि शेरबहादुर देउवाले सत्ता लम्बाउन खोजेको भए उनले त्यसबाट नयाँ वैधता प्राप्त गर्ने बताए। शेरबहादुर देउवाको पिँढी र उनी पछिको पिढीलाई आफू जस्तो नवयुवाको पिढीले लोकतन्त्रको पाठ पढाउनु पर्ने समय आएकोमा लज्जाबोध व्यक्त गर्दै नेता तिवारीले पार्टीको ५४ प्रतिशत हस्ताक्षरलाई खेलाचीको रुपमा लिन नहुने जिकिर गरे।

नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विशेष अधिवेशनको लागि ५५ कार्यकर्ताहरूले हस्ताक्षर बुझाएको डेढ महिना बितिसकेको र पार्टी विधान अनुसार विशेष अधिवेशनका लागि हस्ताक्षर दर्ता भएका मितिले ३ महिनाभित्र विशेष अधिवेशन
बोलाउनु बाध्यकारी भएको स्पष्ट पारे । शेरबहादुर देउवाले असोज २८ गते स्वास्थ्य उपचार गर्न जाने क्रममा पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएको भएतापनि निर्वाचन आयोगमा दलदर्ता गर्दा आफ्नै हस्ताक्षर प्रयोग गरेकाले कांग्रेस पार्टीभित्र फेरि एकपटक आन्तरिक द्वन्द बढेर गएको उनको ठहर छ ।

विशेष अधिवेशन गर्ने कि नियमित अधिवेशन गर्ने , पुरानै नेतृत्वमा आम निर्वाचनमा जाने कि नयाँ नेतृत्व चयन गर्ने भन्ने बारेमा निर्णय गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहिबार बस्दैछ।

Skip This
Skip This
Logo