एमालेले संसद पुनर्स्थापनाका लागि दायर गरेको रिटको पेशी मंसिर १७ गते

एमालेले संसद पुनर्स्थापनाका लागि दायर गरेको रिटको पेशी मंसिर १७ गते

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।

विघटित प्रतिनिधिसभा पुनर्स्थापनामा विभिन्न मागदाबी पेश गर्दै एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले मंगलबार सर्वोच्चमा दायर गरिएको रिट आज दर्ता भएको हो । मुद्धाको सुनुवाइका लागि यही मंसिर १७ गतेका लागि पेशी तोकिएको छ ।

प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएसकेका व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२ (२) विपरीत गैरसंवैधानिक तवरले नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा उनको प्रधानमन्त्री पदमा भएको नियुक्ति विरुद्ध अधिकारपृच्छाको आदेश माग गरिएको छ ।

Logo