कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा

कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आगामी १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्। उनले भनेका छन्, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित। तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’

कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

Logo