नेपालको शिक्षा क्षेत्रलाई गैरराजनीतिकरण बनाउन लागिपरेका छौं -प्रधानमन्त्री कार्की

नेपालको शिक्षा क्षेत्रलाई गैरराजनीतिकरण बनाउन लागिपरेका छौं -प्रधानमन्त्री कार्की

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको उच्च शिक्षा क्षेत्रमा लगानी वृद्धि र गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता रहेकोमा जोड दिएकी छन् ।

काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वभर नै उच्च शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी, बसाइसराइ र वैश्विक भूराजनीति जस्ता कारणले अकल्पनीय परिवर्तनहरू आइरहेको र नेपालले पनि यी परिवर्तनका आकांक्षा पूरा गर्नका लागि उच्च शिक्षामा रहेको न्यून लगानीलाई व्यापक मात्रामा बढाउनु अनिवार्य रहेको बताएकी हुन् ।

उनले उच्च शिक्षाको सुधारका लागि लगानी वृद्धिसँगै गैरराजनीतिकरण आवश्यक रहेकोमा जोड दिइन् ।

“पछिल्लो केही समयदेखि प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको छ। शिक्षामन्त्री महावीर पुनज्यूले शिक्षाविद्, विश्वविद्यालयका उपकुलपति लगायतका उच्च नेतृत्व र अन्य सरोकारवालाहरूसँग यस विषयमा गम्भीर परामर्श र गृहकार्य गरिरहनुभएको छ। ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ।” उनले भनिन् ।

उनले यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्ने विश्वास पनि व्यक्त गरिन् ।

Skip This
Skip This
Logo