काठमाडौं । अधिवक्ता एवं प्रा. डा. कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल ८३ दिन बाँकी रहँदा आज इङनामसहित चारजनालाई मन्त्रीमा सिफारिस गरेकी हुन् ।
प्रा. डा. इङनाम गएको साउनमा काठमाडौं स्कुल अफ ल (केएसएल)बाट सेवानिवृत्त भएका थिए । उमेरका आधारमा प्रिन्सिपलबाट रिटायर्ड उनले प्राध्यापन कर्म भने छाडेका थिएनन् । तेह्रथुमको इवामा जन्मिएका इङनाम झापा हुँदै हाल काठमाडौंमा छन् । उनले प्राध्यापन र वकालत दुवै अघि बढाएका छन् ।
उनले वर्तमान अवस्थामा निर्वाचन नै सुरक्षित र उत्तम राजनीतिक विकल्प भएको बताए । आफू मन्त्री बनेपछि त्यसमै केन्द्रित हुने उनको भनाइ छ ।





























प्रतिक्रिया