काठमाडौँ। नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण गरी लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले तयार गरिएको ‘राष्ट्रिय लैङ्गिक परिक्षण कार्यविधि–२०८२’ को परिमार्जित मस्यौदा स्वीकृत गर्ने निर्णय गरिन्।
नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धकसमेत रहेकी मन्त्री श्रेष्ठले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी छन्। उनी संयुक्त राष्ट्रसङ्घको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटिपी)की राष्ट्रिय परियोजना संयोजकसमेत हन् ।





























प्रतिक्रिया