काठमाडौं । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले जेनजी आन्दोलनलाई ‘केपी ओली मुक्त देश’ चाहने केही निश्चित समूहले खेलेको खेल रहेको बताएकी छन् ।
केन्द्रबिन्दु टेलिभिजनसँग कुराकानी गर्दै उनले यो आन्दोलनले देशमा राजनीतिक भ्रम र अस्थिरता फैलाउने उद्देश्य राखेको बताइन् । वलीले भनिन्, ‘जेनजी आन्दोलन ‘केपी ओली मुक्त’ देश चाहने केही निश्चित समूहले खेलेको खेल हो ।’ उनले यो आन्दोलनका युवा कार्यकर्ताहरूसँग केपी ओलीले प्रत्यक्ष कुराकानी गरेर भ्रम हटाउने र नेतृत्वको महत्व बुझाउने प्रयास गरेको उल्लेख गरिन् । यसले देशको विकास र स्थिरतामा बाधा पु¥याएको उनको भनाइ थियो ।
वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै कोमल वलीले केपी ओलीको नेतृत्वलाई विकल्पहीन भनेकी थिइन् । ‘संकटको घडीमा ओलीको नेतृत्व अनिवार्य छ । उनले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न राष्ट्रिय शक्ति निर्माण गरेका छन्,’ उनले थपिन् । भूकम्प पीडितका लागि घर निर्माण, टनेल र सडक जस्ता विकास परियोजनामा ओलीको योगदानको प्रशंसा गर्दै उनले वर्तमान सरकारको कमजोरी र निर्वाचन वातावरण नरहेको गुनासो व्यक्त गरिन् ।
जेनजी आन्दोलनको प्रभावमा बोल्दै ओलीले आफ्नो व्यक्तिगत सम्पत्तिमा भएको क्षतिप्रति दुःख व्यक्त गरिन् । दाङमा कोमल होटल, रिसोर्ट, गाडी र अन्य सम्पत्तिमा आगजनी र तोडफोड भएको बताउँदै उनले यो आन्दोलनले सामान्य जनतालाई पनि प्रभावित पारेको उल्लेख गरिन् ।
एमालेको आगामी महाधिवेशनबारे पनि कुरा गर्दै उनले पार्टीमा आन्तरिक लोकतन्त्र बलियो रहेको र महिलाको सहभागिता बढाउने प्रतिबद्धता दोहो¥याइन् । ‘राजनीतिमा सुन्दरताभन्दा ज्ञान र बलिदान महत्वपूर्ण हुन्छ,’ भन्दै उनले ओलीलाई आफ्नो ’बुबा’ जस्तो सम्मान गर्ने भावना व्यक्त गरिन् ।































प्रतिक्रिया