काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल र काँग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।
एमालेको ११ औँ महाधिवेशनका लागि एमालेले निम्तो दिए पनि यी नेताहरु नजाने भएका हुन् ।
प्रचण्ड र माधव दुवै अहिले पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेता देव गुरुङेले सम्बोधन गर्ने प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले केन्द्रविन्दुलाई बताए । यस्तै कांग्रेसको तर्फबाट शुभकामना दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ।
एमालेले नेकपा, कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो।































प्रतिक्रिया