काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पुर्वमन्त्री देबेन्द्र पौडेलले जनमुखी कम्युनिष्ट राजनीति आजको आवश्यकता भएको बताएका छन् । शनिबार बाग्लुङमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले
काम नगर्ने राजनीतिले जनतालाई भरोसा दिन नसक्ने बताए ।
“सत्तामुखी होइन, जनमुखी कम्युनिस्ट राजनीति आजको आवश्यकता हो ” पौडेलले भने, “व्यवस्था फेरियो, तर जनताको जीवन नफेरिनु असफलता हो । ” उनले युवा पुस्ताको ऊर्जा र अग्रजहरूको अनुभवलाई जोड्न सकेमात्र कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा पुग्नेमा जोड दिए ।
पौडेलले सिद्धान्तमा स्पष्टता र व्यवहारमा अनुशासन कायम गर्न सकेमात्र पार्टी बलियो बन्ने धारणा व्यक्त गरे ।





























प्रतिक्रिया