समूहको नाममा शक्ति प्रदर्शन गर्ने अभ्यास गलत छ,मैले व्यक्तिगत उम्मेदावारी दिएको छु : योगेश भट्टराई

समूहको नाममा शक्ति प्रदर्शन गर्ने अभ्यास गलत छ,मैले व्यक्तिगत उम्मेदावारी दिएको छु : योगेश भट्टराई

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नेकपा एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले नेतृत्वको शैली र हालै गरिएको विधान संशोधनमाथि तीव्र प्रहार गरेका छन्। प्यानल–केन्द्रित शक्ति सन्तुलनको राजनीतिलाई सिधै अस्वीकार गर्दै उनले आफू व्यक्तिगत उम्मेदवारको रूपमा मैदानमा उत्रिएको घोषणा गरे।

महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले स्पष्ट शब्दमा भने, “मेरो उम्मेदवारी व्यक्तिगत हो। प्यानल हुँदैन, बनाउँदैनौँ। समूहको नाममा शक्ति प्रदर्शन गर्ने अभ्यासलाई हामी स्वीकार गर्दैनौँ।”

उनले केन्द्रीय समिति बैठकमा एकाएक ल्याइएको विधान संशोधन प्रस्तावलाई औचित्यहीन र अस्वाभाविक ठहर गरे। तीन महिना अघि मात्रै सर्वसम्मत टुंगो लागेको विधान उल्ट्याउनु नेतृत्वको अस्थिर सोचको परिणाम भएको उनको आरोप छ।

“विधान संशोधन गर्नु आवश्यक नै थिएन। तर हलले पास गरिसकेपछि प्रक्रियामा जानुपरेको छ। यसले पार्टीको महाधिवेशनको गरिमा कमजोर बनाएको छ, यसको गम्भीर समीक्षा हुन्छ,” भट्टराईले चेतावनी दिए।

पार्टीभित्र संख्या बढाएर शक्ति सन्तुलन देखाउने प्रवृत्तिमाथि पनि उनले कडा प्रश्न उठाए। नेतृत्वसँगको संवाद उल्लेख गर्दै उनले भने, “संख्या बढाउनुभन्दा मन मिलाउनुपर्छ। मन नमिल्ने, संख्या मात्रै थपिँदै जाने हो भने पार्टीको अस्तित्व नै के रहन्छ ?”

Logo