कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवा बाहिर भएकोले आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । यस अघि नेता खुम बहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि बैठक स्थगित भएको थियो।

बैठकमा अहिलेसम्म ४२ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। बैठकमा पार्टीको पराजयबारे आरोप प्रत्यारोप चलिरहेको छ । सभापति देउवा विधान बमोजिम चल्न नसकेको नेताहरूले बताएका छन् ।

Logo