काठमाडौं। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७, २८ र २९ गते बस्ने भएको छ। बैठक काठमाडौंमै आयोजना गरिने प्रस्ताव गरिएको छ ।
काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले दोस्रो बैठकको मिति र स्थान तय गर्ने प्रस्ताव पेश गरेका हुन्। उनले पुस २७ देखि २९ गतेसम्म लगातार तीन दिन बैठक सञ्चालन गर्ने प्रस्ताव बैठक हलमा राखेका थिए ।
आज बसेको बैठक नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो औपचारिक बैठक हो। महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्ताव अहिले निर्णयार्थ पेश भइरहेको जनाइएको छ ।
दोस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको भावी कार्यदिशा, संगठनात्मक सुदृढीकरण, सरकार र समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।































प्रतिक्रिया