महाधिवेशनबाट विदा भएकाहरुलाई समेटेर सल्लाहकार परिषद् गठन गर्दै एमाले

महाधिवेशनबाट विदा भएकाहरुलाई समेटेर सल्लाहकार परिषद् गठन गर्दै एमाले

केन्द्रबिन्दु
48
Shares

काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका पूर्व सदस्य तथा पदाधिकारीलाई समेट्दै केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले सल्लाहकार परिषद् गठनबारे जानकारी गराएका हुन्। परिषद्मा पार्टीको अनुभव, मार्गदर्शन र रणनीतिक सुझावलाई संस्थागत गर्ने उद्देश्य रहेको बताइएको छ ।
बैठकमा विभिन्न प्रस्तावहरू अहिले निर्णयार्थ पेश भइरहेका छन्। साथै एमालेले आगामी पुस २७ देखि २९ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ।

पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै अनुभव र नयाँ नेतृत्वबीच समन्वय गर्ने उद्देश्यले सल्लाहकार परिषद् गठन गर्न लागिएको एमालेले जनाएको छ।

Logo