रास्वपामा नेतृत्व थप, १७ मनोनित

रास्वपामा नेतृत्व थप, १७ मनोनित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ। पार्टी सचिवालयको आज बिहान बसेको आकस्मिक बैठकले मनोनयनको निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार संगठनलाई थप सुदृढ बनाउने र नेतृत्व संरचनालाई प्रभावकारी बनाउने उद्देश्यले मञ्चमा नयाँ सदस्यहरू समेटिएको हो।

मनोनित हुनेहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा। सुशील शाह र शीतल भुसाल रहेका छन्।

रास्वपाले पछिल्लो समय संगठन विस्तार र नेतृत्व व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ।

Logo