नेकपाले भृकुटीमण्डपमा वृहत एकता सन्देश सभा गर्दै, सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान

नेकपाले भृकुटीमण्डपमा वृहत एकता सन्देश सभा गर्दै, सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा भव्य एकता सन्देश सभा आयोजना गर्दैछ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुने सभामा करिब ५० हजार भन्दा बढी मानिस सहभागी हुने पार्टीको दाबी छ ।

नेकपाका नेता रामकुमार भट्टराईका अनुसार बिहान ११ः३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस भेला हुनेछ । ती स्थानबाट सुरु हुने जुलुस दिउँसो सवा १२ बजे एकीकृत रूपमा अघि बढ्दै बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ ।

उनका अनुसार जुलुसको नेतृत्व पार्टीको दोस्रो तहका नेताहरूले गर्नेछन् भने शीर्ष नेताहरू सिधै मञ्चमा प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ । सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा भृकुटीमण्डपमा हुनेछ ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक एकीकृत भई नेकपा गठन गरेका थिए । पार्टी एकता र वामपन्थी शक्तिको सन्देश प्रवाह गर्न नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको छ । आजको काठमाडौँ सभा त्यसैको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ । सो पार्टी देशकै ठूलो कम्युनिष्ट पार्टी बन्ने लक्ष्य लिएको छ ।

Skip This
Skip This
Logo