मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

केन्द्रबिन्दु
42
Shares

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको आर्थिक अवस्थालाई सुधार्न सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने बताएका छन्।

तेरापन्थ महिला मण्डलद्वारा आज यहाँ आयोजित घरेलु प्रदर्शनीको उद्घाटन गर्दै उनले कोभिड महामारीपछि मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन राज्य तथा सबै उद्यमी–व्यवसायी काँधकाँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन जोड दिनुपर्ने सुझाव दिए ।

उनले नेपाल र नेपालीको आयस्तर वृद्धिका लागि सरकारले धार्मिक, साहसिक पर्यटन, सूचना प्रविधि, कृषिको आधुनिकीकरण र स्वास्थ्य क्षेत्रमा विशेष खुकुलो नीति ल्याउनुपर्नेमा जोड दिए ।

मण्डलकी अध्यक्ष मिलन नौलखाले महिला श्रमिकले देशको आर्थिक विकासमा योगदान गरेका बताए । एकदिने प्रदर्शनीमा ३२ कक्षमा घरेलु उत्पादन राखिएका छन् ।

Skip This
Skip This
Logo