काठमाडौं । मधेस प्रदेशसभाको सभामुखमा रामआशिष यादव विजयी भएका छन् ।
प्रदेशसभा बैठकमा आज भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका यादव निर्वाचित भएका हुन् । उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिँदै निर्वाचित भएको घोषणा गरिन् ।
नेकपा एमालेबाट त्रिलोकी प्रसाद चौधरी उठेका थिए । मधेश प्रदेशको बदलिँदो राजनीतिमा यसअघि एमालेका तर्फबाट सभामुख बनेका रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ सभामुख चयनकाे प्रक्रिया अगाडि बढेको थियो ।































प्रतिक्रिया