महाधिवेशन बिना कांग्रेस चुनावमा जाँदैन : गगन थापा

महाधिवेशन बिना कांग्रेस चुनावमा जाँदैन : गगन थापा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन अघि निर्वाचनमा सहभागी नहुने स्पष्ट दाबी गरेका छन्। उनले सोमबार धुम्बाराही ब्यांकेटमा काठमाडौं–४ का कार्यकर्तासँगको छलफलमा महाधिवेशनपछि मात्र पार्टीले २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा जाने बताए ।

थापाले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन अपरिहार्य भए पनि, पार्टीको आन्तरिक प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न हुनैपर्ने कुरा जोड दिए। “अधिवेशन बिना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर छ यसमा,” उनले स्पष्ट पार्दै भने।

हाल सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिनको तालमेल भए पनि महाधिवेशन रोकिँदैन भन्ने उनको विश्वास छ । थापाले २१ फागुनमा चुनाव नभए देश ठूलो अनिश्चिततामा प्रवेश गर्ने जिकिर समेत गरे ।

Skip This
Skip This
Logo