मध्यरातमा रवि–बालेनको गोप्य बाघचाल,समसामयिक राजनीतिमा नयाँ तरङ्ग

मध्यरातमा रवि–बालेनको गोप्य बाघचाल,समसामयिक राजनीतिमा नयाँ तरङ्ग

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच मध्यरातमा भएको गोप्य भेटले समसामयिक राजनीतिमा तरङ्ग पैदा गरेको छ । कमलपोखरीस्थित असिम साहको कार्यालयमा भएको भेटपछि दुवै नेता एउटै गाडीमा बाहिरिनुले यसको राजनीतिक सन्देश अझै चर्किएको छ ।

भेट औपचारिक रूपमा सौहार्दपूर्ण भनिए पनि यसको सार एकता र सहकार्यमै केन्द्रित रहेको स्रोतले केन्द्रविन्दुलाई बतायो । भेटको संयोजन मिलाएका असिम साहले अब रवि र बालेन मिलेर अघि बढ्ने स्पष्ट सन्देश बाहिर ल्याएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् , “अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।
हामी सबै नेपाली लाई बधाई।”

राजनीतिक वृत्तमा यसलाई वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिने सुरुवाती संकेतका रूपमा हेरिएको छ । धरौटीमा रिहा भएलगत्तै रवि लामिछानेले राजनीतिक गतिविधि आक्रामक बनाएका छन्। बालेनसँगको यो मध्यरातको भेटलाई आगामी निर्वाचन, नयाँ राजनीतिक मोर्चा निर्माण र पुराना दलहरूमाथि सीधा चुनौतीको संकेतका रूपमा व्याख्या गरिएको छ । बालेन शाह पनि बेला बेलामा पुराना दलहरुमाथि खनिदै आईरहेका छन् । वार्तापछी रवि र बालेन एउटै गाडीमा निस्किएका थिए ।

Skip This
Skip This
Logo