काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गर्न ललितपुर पुगेका छन् ।
मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् । यसअघि आजै मेयर बालेनसँग रास्वपा सभापति रवि लामिछानेले पनि भेट गरेका थिए । उनीहरुबीच फेरि भेट हुने बताइएको छ।
यसैबीच नेता खनाल ज्वागल पुगेका हुन् । आगमी निर्वाचनमा होमिने तयारी गरेका मेयर शाहले जेनजी अगुवा रक्षा बम लगायतका अन्य जेनजी अगुवा, कलाकार, निवर्तमान सांसदहरूसँग पनि छलफल गरिरहेका छन् ।





























प्रतिक्रिया