काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारले भोगिरहेको दबाबका बारेमा गुनासाे गरेकी छन् ।
बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरू अहिले ‘अचानो’ र ‘पेण्डुलम’ जस्तो अवस्थामा रहेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले बाहिरबाट हेर्दा काम गरेको नदेखिने तर भित्र कामको चापले ‘फ्यान्ट’ हुने अवस्था आउने गरेको दुखेसो पाेखिन् । “बाहिरकाले काम गरेको देख्दैनन्, सबै कुरा एकैचोटी होस् भन्छन्। क्षमता र तागतले भ्याउन्जेल गर्ने नै हो,” उनले भनिन् ।
‘जेनजी’ र राजनीतिक दलको दोहोरो दबाब सम्बोधनका क्रममा प्रधानमन्त्रीले युवा पुस्ता (जेनजी) र पुराना राजनीतिक दलहरू दुवैबाट आफूलाई राजीनामाको दबाब आइरहेको बताइन् । उनले भनिन्, “राजनीतिक दलले पनि गाली गर्छन्, मारले गाली गर्छन्। अहिले छोड, भोलि छोड भन्छन्। जेनजीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छन्। तर छोडौँ भने के छोडौँ?”
आफूहरूले पद छोडेकै भोलिपल्ट ‘तिमीहरूको औकात नै यति हो’ भन्ने भाष्य निर्माण हुने डर रहेको पनि उनले उल्लेख गरिन् । आफूहरू अहिले बहुत धैर्य धारण गरेर सकसका साथ काम गरिरहेको उनको भनाइ थियो।































प्रतिक्रिया