बालेनप्रति हर्कको कटु व्यङ्ग्यः जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ

बालेनप्रति हर्कको कटु व्यङ्ग्यः जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ

सिंहदरबार जलाउने र gen z को हत्या गर्नेले विदेशीको इशारामा देश चलाउने रे

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ भन्दै काठमाण्डौँका मेयर बालेन प्रति कटु व्यङ्ग्य गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहका विच सात बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएपछी साम्पाङले यस्तो व्यङ्ग्य गरेका हुन् । उनले फेसबुकमा लेखेका “ हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ फटाहाहरु… सिंहदरबार जलाउने र gen z को हत्या गर्नेहरुले विदेशीको इशारामा देश चलाउने रे ।।”
यस्तै उनले रवि बालेन लाई विदेशीद्धारा परिचालित भएको संज्ञा समेत दिएका छन् । उनले लेखेका छन् ।

“डलरेहरुले विदेशी द्वारा पालित पोषितहरुले media trail गरेर प्रधानमन्त्री समेत घोषणा गरेछन् जनताको मनमा माटो बाहेक अर्थोक केही छैन ! जय माटो ! जय देश !!।” साम्पाङले जनताको प्रत्यक्ष सम्पर्क बिना नेतृत्व स्थापनामा चुनौती रहेको बताएका छन् ।

उनले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई निर्णायक अवसरको रूपमा औँल्याउँदै सबै नागरिकलाई सचेत रहन र जनता–केन्द्रित नेतृत्वको लागि सक्रिय भागीदारी जनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय मेयर साम्पाङले अर्को स्ट्याटसमा यो वाद त्यो वाद भन्दै रात पार्नेहरुलाई देश बिकासमा ढुङ्‌गा बोकाउने धोको रहेको बताएका छन् ।

Logo