आगामी निर्वाचनमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा

आगामी निर्वाचनमा उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की प्रभावशाली नेत्री एवं पूर्वमन्त्री पम्फा भुसालले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफू प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नबन्ने घोषणा गरेकी छन् ।

ललितपुरबाट उम्मेदवारीका लागि आएका प्रस्तावहरूलाई अस्वीकार गर्दै उनले अबको राजनीतिमा नयाँ र ऊर्जाशील युवाहरूलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेकी हुन् ।

युवालाई प्राथमिकता, आफ्नो अनुभव पार्टीलाई सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट आएका जिज्ञासाको उत्तर दिँदै नेत्री भुसालले आफू दुई पटक प्रत्यक्ष निर्वाचन जितेर पटक-पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले अबको भूमिका फरक हुनुपर्ने बताएकी छन् । उनले भनेकी छन्, “मैले प्राप्त गरेको राजनीतिक अनुभव र सिकाइलाई अब पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ। त्यसैले यसपटक म उम्मेदवार नबन्ने निर्णयमा पुगेकी हुँ।”

उनले थप स्पष्ट पार्दै भनेकी छन्, “अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ।”

‘उपत्यकामा चुनाव जित्नु फलामको चिउरा चपाउनु जस्तै’ तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष चुनाव जित्ने आफू एक्लो महिला उम्मेदवार रहेको स्मरण गर्दै भुसालले काठमाडौं उपत्यका जस्तो राजनीतिक रूपमा सचेत र जटिल क्षेत्रमा निर्वाचन जित्नु निकै चुनौतीपूर्ण रहेको बताइन् ।

पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय रहने आफू उम्मेदवार नबने पनि पार्टीले उठाएका उम्मेदवारहरूलाई विजयी गराउन आफू सक्रिय भूमिकामा रहने उनको प्रतिबद्धता छ।

Skip This
Skip This
Logo