काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको पदावधि औपचारिक रूपमा समाप्त भएको छ।
संवैधानिक व्यवस्था अनुसार उनीहरूको कार्यकाल गएराति १२ बजेदेखि अन्त्य भएको हो। नेपालको संविधानअनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा बहाल रहेका सभामुख र उपसभामुख प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्र पदमा रहने व्यवस्था छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । सो निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची आज र भोलि निर्वाचन आयोगमा बुझाइँदै छ।





























प्रतिक्रिया