फेरि छलफलमा जुटे रवि लामिछाने र कुलमान घिसिङ

फेरि छलफलमा जुटे रवि लामिछाने र कुलमान घिसिङ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उर्जामन्त्री कुलमान घिसिङ पुनः वार्तामा जुटेका छन् ।

निर्वाचन आयोगमा समानुपातिक तर्फका नाम पेश गर्ने आज अन्तिम दिन दुई दलका नेताबीच वार्ता भइरहेको हो । रास्वपा र कुलमानबीच हिजो राति अबेरसम्म एकताका लागि प्रयास भइरहेको थियो । तर पदीय बाँडफाँटमा सहमति जुट्न सकेको थिएन । अहिले फेरि दुई नेता छलफलका लागि जुटेका हुन् ।

Logo