काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको खर्च सीमा निर्धारण गरिएको छ। निर्वाचन आयोगले निर्वाचन क्षेत्रको अवस्था हेरेर २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो।
आयोगका अनुसार काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न सक्नेछन्। अन्य क्षेत्रमा क्रमशः २७ लाख, २९ लाख, ३१ लाख र दुर्गम क्षेत्रका २६ निर्वाचन क्षेत्रमा बढीमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाइनेछ ।
उम्मेदवारले बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्रै चुनावी खर्च गर्नुपर्नेछ। निर्वाचन परिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।





























प्रतिक्रिया