चुनावअघि विशेष महाधिवेशन हुँदैन, नियमित गर्नेभए मिलेर जाऔँ अब सभापतिमा उम्मेदवार दिन्न: देउवा

चुनावअघि विशेष महाधिवेशन हुँदैन, नियमित गर्नेभए मिलेर जाऔँ अब सभापतिमा उम्मेदवार दिन्न: देउवा

केन्द्रबिन्दु
81
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनअघि पार्टीमा विशेष महाधिवेशन गर्न नहुने बताएका छन्। पत्रकारसँगको भेटमा उनले भने, “विशेष महाधिवेशनले झगडा बढाउँछ, त्यसैले हुँदैन। नियमित महाधिवेशन भए मिलेर गर्न सकिन्छ।”

आँफू १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार नभएको र आँफू तटस्थ रहने देउवाले बताए । उनले भने, “गर्ने हो भने रोक्ने कुरा छैन, तर म अरूलाई मात्रै प्रोत्साहित गर्नेछु।”

उनले महाधिवेशनले निर्वाचनअघि पार्टीमा प्रतिस्पर्धा र अस्थिरता बढाउन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्।

Skip This
Skip This
Logo